ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनसँग खरिद गरेको ४० लाख डोज खोप मध्ये १० लाख खोप असार २४ गते नेपाल आइपुग्ने

काठमाडौ,असार १९ l चीनसंग खरिद गरिएको भेरोसेल खोप यहि साता नेपाल आइपुग्ने भएको छ । ४० लाख खोप मध्ये पहिलो चरणमा १० लाख खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारीमा छ।

खोप उमेर समुह अनुशार प्राथमिकता निर्धारण गरी लगाईने खोप महाशाखाको भनाई छ ।कोरोना विरुद्धको खोप खरिदका लागी सरकारले कुनै प्रकृया अगाडी नबढाएको भनेर विभिन्न आलोचना भइरहेको बेला सरकराले चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको छ ।

सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको भेरोसेल खोप एक सातापछि नेपाल आइपुग्ने छ । सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ ।

सोही अनुसार पहिलो चरणमा १० लाख डोज खोप अर्को साता नेपाल आइपुग्ने र क्रमस अन्य खोप ल्याउने मन्त्रालयले जनाएको छ । सरकारले खरिद गरेको खोप लिनका लागि जुलाई ८ तारिख अर्थात २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ पठाउन तयारी अवस्थामा राखेको छ ।

स्वास्थ्य मन्त्रालयले खोप लिन जान तयारी अवस्थामा रहन निगमलाई आग्रह गरेको र सोही आधारमा विमन तयार पारिएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको भनाई छ ।

हालसम्म अनुदान र खरिदबाट आएको खोपबाट २६ लाख भन्दा धेरैले पहिलो डोज खोप लगाएका छन् भने ७ लाख ५७ हजार भन्दा धेरैले दोस्रो डोज खोप समेत लगाइसकेका छन् ।

धेरै दोस्रो डोजको खोप प्रतिक्षामा रहेका कारण सरकारलाई प्राथमिकता निर्धारण गर्न हम्मेहम्वे परेको छ । सरकारले पटक पटक सवै जनतामा खोप पुर्याउने दावी गरे पनि त्यो दावी अनुसार खोप वितरण भने हुन सकेको छैन ।

त्यसैले चीनबाट आउने खोपको अनुपातका आधारमा मात्र प्राथमिकता निर्धारण गर्ने तयारी गरेको छ ।यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सरकारले खोप लगाएको छ ।

६० भन्दा माथिका झन्डै १४ लाखले कोभिसिल्ड खोप लगाएका छन् ।हचुवाका तालमा प्राथमिकता निर्धारण गर्ने तर खोप अभाव हुदाँ पछि हट्नु पर्ने बाध्यता चिर्दै चीनबाट आउने खोपको व्यवस्थापन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *