ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा हरेक वर्ष ७ लाख भन्दा बढीले आत्महत्या गर्ने

काठमाडौं भदौं २४ । आज सेप्टेम्बर १०अर्थात विश्व आत्महत्या रोकथाम दिवस ।नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ।

यो बर्षको नारा ‘आत्महत्याको विकल्प छ र हाम्रो पहलबाट आशा बढाउने प्रोत्साहन गर्न तथा आत्महत्या रोकथामलाई अझै बलियो बनाउन सक्छौं’ भन्ने तय गरीएको छ । यस्ता दिवसले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । भने जनचेतना अभिवृद्धि गरी वर्षेनी अकालमा मृत्यु हुने लाखौँ मानिसको ज्यान जोगाउन सहयोग पुर्याउछ। सामान्यतया आफैंले आफ्नो हत्या गर्नु वा आफैंले आफैंलाई मार्नुलाई आत्महत्या भनिन्छ ।

धेरैजसो मानिसहरू मानसिक तनाव तथा पिडा खाप्न नसकेर आजित भैसेकेपछि मर्नुलाई नै अन्तिम विकल्प ठानी आत्महत्या गर्ने गर्दछन ।आत्महत्या गर्ने विभिन्न कारणहरु मध्ये सामाजिक,आर्थीक,जैविक,वंशाणुगत,मानसिक स्वास्थ्यका कारण पनि हुन सक्छ ।

अधिकांश देशमा त यसलाई सामाजिक,धार्मिक रुपमा पाप मानिन्छ भने कानुनी रुपमा अपराध समेत मानिन्छ। विश्वका २० भन्दा बढी देशमा आत्महत्यालाई गैर कानुनी मानिन्छ । भने नेपालमा पनि आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था“मुलुकी अपराध संहिता ऐन, २०७४ मा उल्लेख गरीएको छ । सन् २०१९ को विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार हरेक वर्ष ७ लाख भन्दा बढीले आत्महत्या बाट मृत्यु हुने गरेको तंथ्याक छ ।

हरेक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याका प्रयासहरू हुने गरेको छ । आत्महत्या जीवनको जुनसुकै बेलामा हुन्छ भने उक्त तथ्यांक अनुसार विश्वव्यापी रुपमा १५ देखी २९ वर्षको उमेरमा मृत्युको प्रमुख कारण मध्ये आत्महत्या चौंथो कारण थियो । प्रत्येक १ सय जनाको मृत्युमा एक जनाको मृत्य आत्महत्याबाट हुने गरेको तंथ्याक छ ।

प्रत्येक नागरिकको जनास्थ्यमा अभिभावकको रुपमा रहेको सरकारको प्रमुख भूमिका हुने गर्दछ । राज्यले लिएको नीति तथा उचित शासनप्राणाली र त्यसको चुस्त कार्यन्वनले जनताको शारीरिक मात्र नभई मानसिक स्वास्थको पनि निर्धारण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *