ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो


काठमाडौ,असार १९ l कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ ।

अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ।अघिल्लो मेमा नेपाल भित्रिने  सङ्ख्या एक हजार ४६८ थियो ।  

त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए । अध्यागमनले सार्वजनिक गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो ।

कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ । जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् ।

विभागका  अनुसार  उक्त महिना ३५९ जना भारतीय  नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको  तथ्याङ्क  छ ।  

बेलायतबाट  ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ  । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् ।

नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन् । 
 
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *