ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फिफा विश्वकप २०२६ छनौट-नेपाल र लाओस बराबरी

काठ्माण्डौ असोज २५। फिफा विश्वकप २०२६  छनौट नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका हुन् ।

लाओसका लागि कप्तान बोनफाचन बोकोङले गोल गरेका थिए भने नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए । पहिलो हाफको ३३औं मिनेटमा बोकोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा फितलो प्रदर्शन गरे पनि नेपालले दोस्रो हाफमा सुधार गर्दै गोल‌ फर्कायो । ४९औं मिनेटमा कर्नरबाट आएको बललाई अन्जनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । राष्ट्रिय टोलीका लागि यो उनको १३औं गोल हो । उनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन्  ।

सन् २०१४ मा फिलिपिन्सविरूद्वकाे खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका अञ्जनले सन् २०१९ मा चाइनिज ताइपेइविरूद्व पहिलाे गाेल गरेका थिए । नेपाल र लाओसबीचको दोस्रो लेग १७ अक्टोबरमा लाओसमा हुनेछ ।होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्ने छ ।

लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *