ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बोकेदारीको ‘सय रुपीयाँ पोका’ सार्वजनिक

काठ्माण्डौ असोज २२। हास्य कलाकार तथा अभिनेताको समेत छवि बनाएका लोकप्रिय गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ले नायाँ गीत सार्वजनिक गरेका छन् । उनको नयाँ गीत ‘सय रुपैयाँ पोका’ सार्वजनिक भएको हो । 

समाजिक अवस्थालाई गीतमा उतार्न सफल बोकेदारीले यो गीतमा गरिबी र पारिवारिक अवस्था उतारेका छन् । केही दिन अघि युट्यूवमा रिलिज भएको यो भिडियोमा गरिबी र पारिवारिक अभाव देख्न सकिन्छ ।

‘गीतमा यथार्थ चित्रण  छ । सुन्दा हास्यब्यङ्ग्य जस्तो लागे पनि यो चेतनामूलक गीत हो’ बोकेदारीले भने । भिडियोको अन्तिममा एउटा महत्त्वपूर्ण सन्देश राखिएको छ । 

गीत गायक लुईँटेलकै शब्द तथा संगीत हो ।  सुरज श्रेष्ठ संगीत संयोजक हुन् । विराटनगरस्थित बिट्स स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । मिस्टर बि१३ले गीत सम्पादन गरेका हुन् ।

बिएस स्टुडियो, इटहरीले छायांकन गरिएको भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगिता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलले अभिनय  गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *