ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालको पहिलो खेल युएई सङ्ग

काठ्माण्डौ असोज २४। घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ । नेपाल र युएईबीचको खेल कार्तिक १ गते हुनेछ ।

यसैगरी नेपालले कार्तिक २ मा हङकङ, कार्तिक ४ मा फेरि हङकङ र कार्तिक ६ मा युएईको सामना गर्नेछ ।

युएई र हङकङ कर्तिक ५ र ८ मा भिड्नेछन् । एकअर्कासँग समान २ खेल खेलपछि शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन्  । शृंखलाकाे  फाइलन खेल  कर्तिक १० गते हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।  सबै खेल बिहान ११ बजे हुनेछ । 

नेपालले आइसिसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारी स्वरुप यो शृंखला आयोजना गर्न लागेको हो । 

विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र त्रिुभवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *