ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायतमा मोर्डेना भ्याक्सिनले पायो मान्यता

एजेन्सी ,बेलायतमा कोरोना भाइरस महामारी विरुद्धको अमेरिकन कम्पनीले निर्माण गरेको मोडेर्ना भ्याक्सिनलाइ पनि बेलायतले सर्वसाधारणमा प्रयोग गर्न अनुमती दिएको छ ।बेलायतले आम नागरीकमा प्रयोग गर्ने अनुमती दिएका भ्याक्सिनहरु मध्ये यो तेस्रो रहेको छ ।  यो सँगै बेलायतमा कोरोना विरुद्धका तीनवटा भ्याक्सिन सञ्चालनमा आएका छन् ।

मोडेर्ना भ्याक्सिनले पनि फाइजर बायोएनटेक जतिकै नागरीकहरुमा सुरक्षा प्रदान गर्ने बताइएको छ ।परीक्षण पश्चात यो भ्याक्सिनको प्रभावकारीता ९५ प्रतिशत रहेको छ । बेलायतले मोर्डना भ्याक्सिनको अडर गरेपनि प्रयोग मा ल्याउन भने मार्च महिनासम्म लाग्न सक्ने  अधिकारीहरुले बताएका छन् ।

यो भन्दा पहिला बेलायतले फाइजर बायोनेटेक र अक्सफोर्डले निर्माण गरेको एक्ट्राजेनेका भ्याक्सिनलाइ बेलायतले मान्यता दिएर लगाउन पर थालिसकेको छ । तर संक्रमणदर वृद्धि हुदै गएपछि  बेलायतले भ्याक्सिनलाइ पनि तिव्रता दिएको छ ।

बेलायतले अहिलेसम्म आफ्ना नागरीकहरुलाई १२ लाख ९६ हजार  ४ सय ३२ जनालाई पहिलो चरणको भ्याक्सिन दिइसकेको छ भने  २१ हजार ३ सय १३ जनालाई दोस्रो चरणको भ्याक्सिन दिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *