ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर चौबीस घण्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

पुस २५, शनिबार । देशभरका विभिन्न प्रयोगशालामा गरीएको ४ हजार २ सय ८६ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका १ सय ९४ जना सहित देशभर  ३ सय  ६२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ६४ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय १२ जना रहेका छन् । संक्रमित पुष्टि भएका मध्ये कोरोनाका कारण मृत्यु हुने प्रतिशत  शुन्य दशमलव सात दुइ रहेको छ ।

देशभर ६ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने प्रतिशत २ लाख ५७ हजार ९ सय २८ जना रहेका छन् । हालसम्म कोरोनामुक्त हुने प्रतिशत ९७ दशमलव ५ प्रतिशत रहेको छ ।

देशभर क्वारेनटिनमा २ सय ६२ जना र संक्रिय संक्रमित ४ हजार ६ सय ८१ जना रहेका छन् । विभिन्न अस्पतालहरुमा १ सय ८६ जना आसियुमा उपचारत छन् भने भेन्टिलेटरमा ३८ जना  रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *