ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एशिया कपको फाइनल प्रवेशका लागि श्रीलंका र पाकिस्तान भिड्दै

काठमाडौं भदौं २८ । एसिया कप क्रिकेटको फाइनल प्रवेशका लागि आज पाकिस्तान र श्रीलंका भिड्दै छन ।

सुपर ४ को खेल जसले जित्यो उसैले फाइनलमा भारतसँग भिडन्त गर्नेछ ।

समूह ‘ए’मा रहेको सहआयोजक पाकिस्तानले सुपर ४ मा आइपुग्न नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । 

श्रीलंकाले भने समूह ‘बी’का दुवै खेल जितेको थियो । उसले बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।

सुपर फोरमा पाकिस्तान र श्रीलंका दुबै भारतसंग पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *