ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, पुस २६ । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पक्राउ पुर्जी जारी गरेको छ ।

सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग लागेको छ ।

इरानले मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध यसअघि नै  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पक्राउ पुर्जीको माग गरेको थियो ।

सन् २०२० को जनवरी ३ मा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *