ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेप्सेमा झिनो सुधार


काठमाडौँ,भदौ १६ l धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।१८ बिन्दुले सुधार भई दुई हजार ९७७।०२ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१७ बिन्दुले बढेर ५५०।६९ मा पुगेको छ। कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो।नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ७।८९, होटल तथा पर्यटन १३०।४३, जीवन बीमा ७४।५९ र लगानी ०।०१ बिन्दुले उकालो लागेको छ।यस्तै, व्यापार ७।३४, विकास बैंक ४०।१४, जलविद्युत् १९।९६,  वित्त ८७।८२, निर्जीबन बीमा ६३।५९, उत्पादन २ं४२, अन्य १।४४, लघुवित्त ५।९४ र सामूहिक लगानी कोष ०।०६ बिन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो।युनाइटेड मोदी ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी रु २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७।५५, ओरियण्टल होटल ६।१४, युनाइटेड मोदी ६।०४, हिमालयन ऊर्जा विकास कम्पनी ६।०२ र सोल्टी होटलका लगानीकर्ताले ५।७३ प्रतिशतले कमाए।

त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९।९८, खानीखोला हाइड्रोपावर ७।७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६।२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५।७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५।२८  प्रतिशतले गुमाए। आजको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुगेको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *