ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यामाहाको एफजेड एफआई भीथ्री सार्बजनिक

काठ्माण्डौ असोज् १९ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको छ ।

कम्पनीले यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गर्न पाउँदा आफू निकै गौरवान्दित भएको जनाएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्वाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको कम्पनीले जनाएको छ ।

ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बि एस ६ इन्जिन टेक्नोलोजी रहेको छ । एमएडब्लू इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले यसको सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरु किफायती मूल्यमा ग्राहकसामू ल्याउने अटल प्रतिबद्धतालाई पुष्टि गरेको बताउनुभएको छ ।

यो मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध छ । एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड एक बलियो १४९ सिसि एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत रहेको छ ।

यसका सस्पेन्सन ड्युटीहरू अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा व्यवस्थित गरिएको छ जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।

एफजेड एफआई भी थ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दछ । यसको मूल्य ३ लाख ७९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *