ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यकाका सिनेमा हलहरु खुल्ने के चलचित्र लाग्न तयार छन् त?

काठमाडौं, भदौ १६ । लामो समय बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि विहिवारबाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख पहिलो साताबाट बन्द रहेका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय गरेको प्रशासनको विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको हो ।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *