ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपचारपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा भट्टराई भन्छन- सहमतिको सरकार बनाऔं

काठमाडौं, फागुन १८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले  सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । उपचार पछि मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

२०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति नै अहिलेको समस्याको जरो भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ) को स्पिरिटमा राजनीतिक सहमती गर्न प्रस्ताव गरेका छन् । नयाँ सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु पर्नेमा भट्टराईको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *