ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर गत चौबीस घण्टामा ९६ जना संक्रमित थपिएका छन्

काठमाडौं, फागुन ६ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ५ सय ४१ वटा नमुना परीक्षणमा देशभर ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ७३ हजार १ सय ६६ जना संक्रमित रहेका छन् । कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ५८ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६९ हजार ५ सय ५ रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ । देशभर क्वारेन्टाइनमा ७१ जना र संक्रिय संक्रमित संख्या १ हजार ६ सय ३ जना रहेका छन् । देशभर आसियुमा उपचारत ६१ जना र भेन्टिलेटरमा १३ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *