ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिग फुटबलमा वालिङको सुखद अन्त्य

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, फागुन ६ । महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे । १७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो ।४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन । त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पुर्याएकी थिइन । जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपिएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *