ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूण्य भूमी रेसुङ्गा-फूलले मात्र होइन ढुंगा माटोले पनि बासना छरेको छ

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभुमी रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउँछ ।

रेसुङ्गाका लोभलाग्दा सुन्दर दृश्य दिमागमा नाचिरहेका छन्, लेख्ने हात फुरुङ्ग छन तर  काँपिरहेका समेत छन्, पवित्र भुमिको वर्णनमा मैले के उतार्न सकुँला । किनकि मैले देशको गरिमा लेख्दै छु इतिहास लेख्दै छुवेद लेख्दै छु ताकि युगौं युग बदल्ने युग लेख्दै छु, तपोभुकीको वर्णन गर्देछु,प्रकृतिको वर्णन गर्दैछु हजारौ जडिबुटीको केन्द्र र सयौं मुहानहरुको स्रोतको वर्णन गर्देछु हिमाल पाहाड तराइका स्थान एकै ठाउँ रेसुङ्गाको शिरबाट देखिने दृष्टिको वर्णन गर्दैछु ।  । तर मैले लेख्ने शब्दले रेसुङ्गाको बारेमा धेरै जानकारी त दिन सक्दैन न यो बयानले पुग्छ । प्रदेश पाँच गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा तपोभुमि आफैमा इतिहास त होनै गुल्मीको शान र प्रदेश पाँचको पहिचान समेत हो ।

    तपोभुमी रेसुङ्गाको इतिहास

सदरमुकाम तम्घासको शिरको डाँडा तपोभुमी रेसुङ्गा । गुल्मी आउनेहरु पुण्य भूमि  रेसुङ्गा नपुगे गुल्मी गएपनि नगएजस्तै हो । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण यो पूण्यभुमीको महत्व र यसको प्राचीन द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको यो भुमीलाई सिद्धभूमि, तपोभूमि, महर्षी भूमि धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास  भुमीको रुपमा चिनिन्छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गामा २०४१ सालमा योगी नरहरिनाथ संग पनि परिचित छ । समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको यो पुण्य भुमी क्षेत्र गुल्मी जिल्लाका प्राचीन युगमा ऋष्यशृंग ऋषि जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएपछि  भगवान राम लगायतका उहाँका भाइहरूको जन्म भएको र जुन रिसिले तपस्या गरेको कारण  र संगै प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ ।सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्त्व झल्किएको छ । भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर यहाँ के को समस्या छ भनि सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि यो भुमीमा देख्न सकिन्छ । सधै बादलको घुम्टो ओढेर रेस्ङ्गा लेख प्रकृतिमा नाचिरहेको हुन्छ । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपयुक्त मानिन्छ ।

अन्य धेरै वस्तुलाई चिनाएको छ । मैले लेख्ने शब्दमा नअटाउने मैले गर्ने बयानले नपुग्ने स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको गौरव हो । रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय हिसावले महत्वपूर्ण छ ।

हिमाल-पाहाड-तराइ जोडने दृष्टि बनेको रेसुङ्गा

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले  भरिपूर्ण  याहा जो कोहि स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृश्यमै अलमलिएको पत्तो हुँदैन ।रेसुङ्गाको चुचरोमा रहेको भ्युटावरबाट गुल्मीका बिभिन्न स्थानसँगै पाल्पा, स्याङजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य साथै तराइका फाँट र धौलागिरी, निलगिरी, माछापुच्छे जस्ता हिम श्रृङ्खलाहरु समेत अबलोकन गर्न सकिन्छ जसले गर्दा रेसुङ्गालाइ हिमाल पहाड तराइकै अस्तित्व भन्दा फरक पर्दैन ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभुमी रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउँछ । 

यहाँ साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ  ।

द्वापरयुग, त्रेतायुगदेखि,महर्षी भूमि,  धेरै ऋषि महर्षिहरुको भुमीगौ माताको भुमि

रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको यो भुमीलाई सिद्धभूमि, तपोभूमि, महर्षी भूमि   धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास  भुमीको रुपमा चिनिन्छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गामा २०४१ सालमा योगी नरहरिनाथले एक महिनासम्म होम गरेर यसको गरिमालाई माथी ल्याउन बिशेष भुमिका रहेको उल्लेख छ । योगी नरहरी नाथले केही रकम र  केही गाई  यस क्षेत्रमा छोडेर गएसँगै गाई पालिएको गौशाला पनि यस क्षेत्रमा रहेको छ भने निरन्तर पुजा हुँदै आएको छ । ती गाईको रेखदेखमा समीति पनि छ भने    बेला बखतमा बिभिन्न पर्व, तिथी पारेर ती गाइ गोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानियले उठाउने  गर्दछन् । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको पिसाबलाई शुद्ध गहुत मानेर पुजाआजमा प्रयोग गरिने हुनाले पनि गाईको महत्वलाइ स्विकारेको रेसुङ्गा पुण्य भुमीमा पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोड्ने प्रचलन पनि छ ।  गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।

फुलले मात्र होइन ढुंगा माटोले पनि बासना छरेको यो पवित्र भुमी देखिने स्वग्को टुक्रा भन्दा रक नपर्ला ३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल जसले यस क्षेत्रको प्रकृतिक सौन्र्दयता बोकेको छ ।  सयौं बढि खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अरू वन्यजन्तुहरु, बहुमुल्य जडिवुटिले समेत यो क्षेत्र भरिपूर्ण छ ।

सधैं वादलको घुम्टो ओडेर बसेको रेसुङ्गा काखैमा तम्घास बजार हुनुले यसको शिर अझ माथी रहेको छ ।

रेसुङ्गा गएपछि अन्य काहाँ काहाँ रमाउने अवसर मिल्छ  

गुल्मीलाई चिनाउने रेसुङ्गामा बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ। पाल्पाको पश्चिमउत्तरतिर ७९ किलोमिटर पक्की सडकमा साढे दुई(तीन घण्टाको बस यात्राबाट  गरि यो पवित्र पुण्य भुमीमा पुगिन्छ । प्राकृतिक सौन्दर्यका साथै  गुल्मी व्यावसायिक कफी खेतीका लागि यो क्षेत्रमा पुगेपछि करिब डेढ घण्टाको हिडाईमा शान्तिपुरमा पुगी कफीका बोटबिरुवा र उत्पादन प्रक्रिया पनि हेर्न सकिन्छ। यहाँको कफी जापानलगायतका अन्य धेरै वैदेशिक मुलुकमा निर्यात हुन्छ ।

              फर्कैर कालिगण्डकिबाट तानसेन हुँदै आउँदा

फर्केर तानसेनतिर आउँदा डेढघण्टा जतिमा कालीगण्डकी र रिडी खोलाको सङ्गम रिडी रुरु क्षेत्र धाम आइपुगिन्छ । धार्मिक दृष्टिले नेपालका बराहक्षेत्र र मुक्तिक्षेत्रको समकक्षमा आउने रूरूक्षेत्रको रिडीमा ऋषिकेशव, रूरू कन्या, भृगुतुङ्गेश्वर लगायत ४० भन्दा बढी मन्दिरको दर्शन गर्न पाईन्छ ।  माघे सङ्क्रान्ति, एकादशीलगायत पर्वमा रेसुङ्गा र रिडी, कालीगण्डकीमा स्नान गर्दा पुण्य प्राप्तिका साथै आत्मसन्तुष्टि मिल्छ भन्ने विश्वास समेत रहेको छ । रिडीबाट फर्किने क्रममा बाटोमै पर्ने पाल्पाको रणउद्देश्वरी मन्दिर ,भैरवस्थान मन्दिरको दर्शन गर्न सकिन्छ, जसको प्रमुख विशेषता ठूलो त्रिशूल हो । थप दुई दिनको समय छ भने, रेसुङ्गाबाट फर्केर पाल्पाको प्राकृतिक सुन्दरता र मगर संस्कृतिको नजीकबाट अवलोकन गर्न र  पैदल बाटोमा पुगिने नेपालको ताजमहलको नामले चिनिएको रानीमहल अवलोकन गर्ने सौभाग्य समेत मिल्छ ।

पाल्पापछि सिद्धार्थ राजमार्गबाट पोखरा निस्किइ फेवातालको सौन्दर्यतामा रमाउन सकिन्छ ।  पनि सकिन्छ । भने जम्मा ३९ किलोमिटर झरेर बुटबल बाट  केही छिनमै पूर्व जाँदा गौतम बुद्धको मामाघर रहेको ठाउँ देवदह, भैरहवादेखि २२ किमि पश्चिम बुद्धको जन्मस्थल लुम्बिनी र अझ्ै पश्चिम कपिलबस्तुस्थित तिलौराकोट दरबारको भ्रमण गर्न सकिन्छ । 

        यसको अझ प्रचार प्रसार गर्न सके

रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै विकास निर्माणको पक्षलाई बिशेष ध्यान दिनुपर्ने देखिन्छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्र्दयले पनि भरिपूर्ण छ । रेसुङ्गा नामले धेरै संघसंस्थाहरु जोडिएका छन् । त्यसले रेसुङ्गाको नाम र यसको महत्व कति रहेछ भन्ने धेरै बयान गरिराख्नु नपर्ला । रेसुङ्गा आफैमा पुन्य भूमि त होनै यसको इतिहासलाई जोगाउन  विकासका कामहरु रेसुङ्गाको ब्यापक प्रचारप्रसारको आवश्यकता छ । जसले गुल्मीको गरिमा मात्र होइन प्रदेश पाँच र राष्ट्रकै गरिमा संरक्षण हुनेमा दुइमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *