ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा टेबुल कुर्सी तोडफोड गर्दै प्रदेश सांसद

प्रदेश पाचँको राजधानी भालुवाङ पस्ताव गरेसंगै सडक र सदन दुवैमा आन्दोलन चर्किएको छ ।  प्रदेश पाँचको स्थाइ राजधानकी भालुवाङ बनाउने प्रस्ताव विरुध बुटवलमा प्रदर्शन भएको छ भने प्रदेसभामा समेत सांसदले कुर्शी टेवल तोडफोड गरेका छन् ।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएपछि मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले अवरोधख गरेका थिए ।

काँग्रेसको अवरोधका विच मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेलगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्।

उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *