ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इजरायली सेनाको आक्रमणबाट कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिकको मृत्यु

एजेन्सी,फागुन ११ l इजरायली सेनाको आक्रमणबाट कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन भने दर्जनौं घाइते भएका छन।पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन। मारिनेमा अधिकांश सर्वसाधारण भएको बताइएको छ।

मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका छन । लडाकु समूह लायन्स डेनले भने आफ्ना ६ सदस्य इजरायली आक्रमणमा मारिएको जनाएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने ८० जनालाई गोली लागेको र उनीहरुको नाबलुसका चार वटा अस्पतालमा उपचार भईरहेको बताएको छ।घटनापछि नाबलुस शहरमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *