ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शहरी विकास मन्त्री झाक्रीको करिडोर सफाइ अभियानमा विद्युत प्राधिकरण बाधक

काठमाडौं माघ १९ । काठमाडौंका मुख्य सडकमा सवारी साधनको चाप बढ्न थालेसंगै सरकारले विभिन्न नदिका दायाँ वायाँ सडक करिडोर निर्माण गरेको छ । सवारी व्यवस्थापनलाई सहयोग होस भन्दैं स्थापना गरिएका उक्त करिडोर समेत व्यवस्थित छैन्न । यस्तो अवस्थामा शहरी विकास मन्त्री रामकुमारी झाक्री सहितको टोलीले बुधबार धोविखोला करिडोरको अनुगमन गरि सडकका पेटिमा राखिएका अवरोध हटाएको छ ।

सडक अतिक्रमण गरि राखिएका निर्माण सामग्री हटाएर फुटपाथ सफा गरे पनि सरकारी निकायले नै निर्माण गरेका भौतिक संरचानाले पैदल यात्रुलाई हिड्न सकेत समस्या भएको छ । जनताले सरकारी दवावकै कारण पनि यस्ता सामग्री हटाएपनि सरकार आफैले निर्माण गरेका सामग्री कहिले हटाउने भन्दैं प्रश्न गरेका छन् । विद्युत प्राधिकरणले निर्माण गरेका संरचानाका कारण फुटपाथ मात्र नभइ आफ्नै जग्गा छोड्दा समेत हिन्ने ठाउ नभएको स्थानियको भनाई छ ।

नेपाल विद्युतथ प्राधिकरणले विद्युतिय तार अन्डर ग्राउण्ड गर्ने क्रममा निर्माण गरिएका अधिकांस संरचना सडक पेटिमा छन् भने विद्युतीय पोलले समेत फुटपाथलाई ओगटेको छ । जस्का कारण फरक क्षमता भएका व्यक्तिहरु सवै भन्दाँ जोखिममा भएको भन्दैं मन्त्री झाँक्रीले त्तकाल विद्युत प्राधिकरण सहित सरोकारवालासंग छलफल गरी व्यवस्थान गर्ने जनाउनु भएको छ ।

विभागिय मन्त्रीकै सकृयतामा सडक सफाइ अभियान सञ्चालन भएपनि यस्को निरन्तरतामा संसय छ । अझ विधुत प्राधिकरणले निर्माण गरेका संरचनालाई व्यवस्थित गर्न मन्त्री कति सफल हुनु हुनेछ त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *