ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुनावमा गठवन्धन संगै हुन्छ र एमसिसि जनताको पक्षमा भएमात्र पास हुन्छ: नेकपा एस

काठमाडौं माघ १९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन एकैसाथ जाने बताएका छन् ।

बुधबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेकोको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए ।
अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने ।

त्यस्तै समाजवादीका महासचिव वेदुराम भूषालले गठवन्धनमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् । एमसिसि जस्ता विषयले गठवन्धनमा समस्या भएको भन्ने हल्ला निराधार रहेको भन्दै उनले त्यस्को बास्तविकता ल्याउनै कार्यदल गठन भएको बताए ।

एमसिसि सम्झौतामा दखिएका थप विषय बाहिर सार्वजनीक हुन थालेको भन्दै भूषालले राष्ट्रको हितमा भए पास हुने अन्यथा पास नहुने प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *