ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाकवि देवकोटाको १ सय १३ औं जन्मजयन्ती

काठमाडौं कार्तिक १८ । आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैं छ।

देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा जन्मिएका देवकोटाका महाकाव्य,खण्डकाव्य,निबन्ध, कथा,नाटक,उपन्यास,गीत,समालोचना र फुटकर कविता प्रकाशित छन्

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको‘मुनामदन’खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त,जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’,‘शाकुन्तल’महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *