हरितालिका (तीज) ब्रत आज

काठमाडौं असोज १ । भदौ शुक्ल तृतीयामा पर्ने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।