ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने कुरा अत्यन्तै दुखत र खेदजन्य

काठमाडौ,असोज १८ l सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भनेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ती समाचार भ्रामक र अतिरन्जित भएको दाबी गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाले भाग खोजेको समाचार पहिलो पटक आइतबार दिउँसो सेतोपाटीले प्रकाशन गरेको थियो। संविधानतस् प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुस्खद र खेदजन्य विषय रहेको दाहालको विज्ञप्तिमा उल्लेख गरीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *