ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ भव्यताका साथ सम्पन्न

काठ्माण्डौ असोज २१। ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार र राइडर्ससहितको पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र एनटीपी मल्टिमिडिया ग्रुपको मुख्य आयोजना तथा संयोजनमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर, जितगढी, पाल्पाको रानीमहल, पोखरा र बेगनासतालको ‘एक्सप्लोर’ गर्दै पहिलो गोल्डेन ट्रयाङ्गल बाइक टूर भव्यताका साथ सम्पन्न भएको हो ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले यसपटक अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर असोज १० गतेदेखि १६ गतेसम्म गोल्डेन ट्रयाङ्गल बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको हो ।

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रममार्फत पहिलोपटक काठमाडौँबाट मकवानपुरगढी हुँदै पर्सा पुगेर ‘भर्जिन पर्सा राष्ट्रिय निकुञ्ज’को एक्सप्लोर गर्दै सौराहा, चितवन, भरतपुर, लूम्बिनी, बुटवल, जिगढी, पाल्पा, रानीमहल, सिद्धगुफा, पोखरा लेकसाइड र लेखनाथको बेगनासतालको पर्यटन प्रवद्र्धन गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा गोल्डेन ट्रयाङ्गल बाइक टूरका संस्थापक संयोजक विष्णु विवेकले जानकारी दिए ।

जेठ १० गते बिहान नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बोर्डका सीईओ डा।धनन्जय रेग्मीले उद्घाटन गरेको बाइक टूर कार्यक्रमले मकवानपुरगढी हुँदै बारास्थित पर्सा राष्ट्रिय निकुञ्जको ‘एक्सप्लोर’ गरेको थियो ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माको विशेष अगुवाई, नेतृत्व र आयोजनामा भएको पर्सा राष्ट्रिय निकुञ्ज एक्सप्लोर कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत र नेपाल आर्मीको पर्सामा रहेको गणले विशेष स्वागत तथा निकुञ्जको भ्रमण गराएको थियो ।

भोलिपल्ट हेटौंडामा शहिद स्मारक भ्रमण गर्दै सौराहामा होटल व्यवसायीको स्वागत ग्रहण गर्दै बाइक टूर टिम चितवनको भरतपुर पुगेको थियो । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बाइक टूर टिमलाई स्वागत गर्दै ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमलाई प्रत्यक्ष सघाउन भरतपुर पुगेकामा बाइक टूर टिमका सबै राइडर्सलाई धन्यवाद दिएकी थिइन् ।

भरतपुरका विभिन्न ठाउँ बाइकमै भ्रमण गरेको टोलीले नारायणी नदी किनारामा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै गोल्डेन ट्रयाङ्गल बाइक टूर टिम मध्यबिन्दु हुँदै भैरहवा पुगेको थियो ।

भैरहवाको लूम्बिनी गेटमा नाट्टा लुम्बिनी च्याप्टरले गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई भव्य स्वागत गरेको थियो । नाट्टा लुम्बिनी च्याप्टरका अध्यक्ष रचना पन्तको नेतृत्वमा टिमलाई स्वागत गर्दै लूम्बिनीका साथै ऐतिहासिक जितगढीको विशेष ‘एक्सप्लोर’ गरिएको थियो ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष पन्त र होटल तथा रेष्टुरेन्ट एशोसिएसन बुटवलका अध्यक्ष लेखनाथ भण्डारीको नेतृत्वमा गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई स्वागत तथा व्यवस्थापन गरेका थिए । बुटवलको व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले समेत सहयोग गरेको थियो ।

ऐतिहासिक जितगढीमा अंग्रेजलाई हराएर नेपाली सीमा जोगाएको विशेष विरताप्रदर्शनस्थलमा बाइक टूर टिमलाई स्वागत गरेर जितगढीको प्रवद्र्धन गर्न पाएकोमा नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष पन्तले खुशी व्यक्त गरिन् ।

बुटवलपछि पाल्पा पुगेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीवकुमार शाह नेतृत्वको टिमले स्वागत गरेको थियो । बाइक टूर टिमलाई नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष शाहले पाल्पा दरबारका साथै रानीमहल भ्रमण गराएका थिए ।

पर्सा, भरतपुर र बुटवलमा होटलमा बसेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमका राइडर्स रानीमहलमा भने कालीगण्डकी नदी किनारामा टेन्ट टाँगेर सुतेका थिए ।

रानीमहल एक्सप्लोर गर्न पाल्पा पुगेको बाइक टूर टिमले स्थानीय सिद्धगुफा पनि भ्रमण गरेको थियो । जुन आकर्षक र साहसिक पर्यटनको लागि नयाँ गन्तव्य हो ।

पाल्पापछि बाइक राइडर्सको टिम पाँचौ दिन पोखरा पुगेको थियो । पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल ९टेवान०ले भव्य स्वागत गरेको थियो ।

टेवानकी अध्यक्ष कमला गिरीको नेतृत्वमा टेवानका पदाधिकारी तथा सदस्य सबैले हातमा फूल र माला लिएर काठमाडौँबाट पर्सा, चितवन, लूम्बिनी, बुटवल, जितगढी, पाल्पा, रानीमहल हुँदै असोज १४ गते पोखरा पुगेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई लेकसाइडस्थित होटल स्नोल्याण्डमा भव्य स्वागत गरेको थियो ।

टेवानका अध्यक्ष, पदाधिकारी तथा सदस्यका साथै पोखराका पर्यटन व्यवसायीको स्वागतपछि खुशी भएको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले टेवानको टिमलाई बाइक पछाडि राखेर पोखराको लेकसाइड बजार परिक्रमा गरेको थियो ।

असोज १५ गते बिहान पोखरामा अन्तरक्रिया गर्दै बाइक टूर टोली पोखरा महानगरपालिका वडा नं। ३१ स्थित लेखनाथको बेगनासताल पुगेको थियो ।

टेवानकी अध्यक्ष कमला गिरीको विशेष समन्वय तथा सहकार्यमा पोखरा महानगरपालिका वडा नं। ३१ र होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथले गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई भव्य स्वागत गरेको थियो ।

बेगनासतालको पनि विशेष ‘एक्सप्लोर’ गरेर गोल्डेन ट्रयाङ्गल बाइक टूर टिम असोज १६ गते तनहुँ, लमजुङ, धादिङ हुँदै काठमाडौँ फर्किएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर आयोजित पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ बोर्डका सीइओ डा।धनन्जय रेग्मीले गोल्डेन ट्रयाङ्गल बाइक टूर र नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको झण्डा हस्तान्तरण गरेर टूरको उद्घाटन गरेका थिए ।

टूरको उद्घाटन गर्दै बोर्डका सीइओ डा।रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ संस्कृति बढ्दै गएको भन्दै गोल्डेन ट्रयाङ्गल बाइक टूरले काठमाडौँसहित पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, भरतपुर, लुम्बिनी, पाल्पा, रानीमहल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए ।
टूर टिमलाई शुभकामना व्यक्त गर्दै उनले नेपालका हरेक गन्तव्य एक्सप्लोर गर्न बाइक टूरिङ कल्चरले महत्वपूर्ण भूमिका खेलेको भन्दै अब बोर्डले पनि बाइक टूर कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने बताए ।

विभिन्न देशका बाइक राइडर्स भेला गरेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने बोर्डको योजना रहेको भन्दै उनले गोल्डेन ट्रयाङ्गल बाइक टूर पहिलो महत्वपूर्ण कार्यक्रम आयोजना भएकोमा पनि उनले खुशी व्यक्त गरे ।

यस्तै नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले बाइक टूरिङ कल्चरले नेपालको पर्यटन प्रवद्र्धनमा धेरै महत्वपूर्ण भूमिका खेलेकाले गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम अर्को महत्वपूर्ण कोशेढुंगा भएको बताए ।

ताप्लेजुङ–दार्चुला बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले नै एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम आयोजना गरेकाले सफलतापूर्वक सम्पन्न हुने एक्सपल्स राइडर्स क्लब, नेपालका अध्यक्ष कुन्दन श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ अग्रस्थानमा आइरहेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गर्न पाउनु अहोभाग्य भएको बताए ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माले अहिलेसम्म भर्जिन निकुञ्जका रुपमा चिनिएको पर्सा राष्ट्रिय निकुञ्ज गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले भिजिट गरेर एक्सप्लोर गर्दै थप पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अन्तर्राष्ट्रिय पर्यटन दिवसमा पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न राइडर्सको टोलीले आउनुले ठूलो सहयोग पुगेको भन्दै आगामी दिनमा यस किसीमका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडियाको सह–आयोजना रहेको कार्यक्रमलाई नेपाल आयल निगम, जितपुर सिमरा उपमहानगरपालिका, भरतपुर महानगरपालिका, नाट्टा लुम्बिनी प्रदेश, नाट्टा पाल्पा च्याप्टर, महिला पर्यटन व्यवसायी संघ, नेपाल टेवानले पनि प्रत्यक्ष सहयोग गरेका थिए ।

एक्सपल्स राइडर्स क्लबका उपाध्यक्ष हरि आचार्यको मार्सल क्याप्टेन नेतृत्वमा पर्यटन बोर्डबाट बाइक चलाएर हिडेको टूर टिम ६ दिनको भ्रमणपछि सकुशल रुपमा काठमाडौँ फर्किएको हो । टूरमा कलाकार सनम कठायत, कुसुम शर्मा र डेभिड शंकरसहित केही पत्रकार पनि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *