ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं असोज १ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ  ।

हिजो साझ भएको खेलमा भारतले ५१ रनको झिनो लक्ष्य मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो ।

हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *