बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं असोज १ । हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको र लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
कस्तो छ आगामी तीन दिनको मौसम?
२०८० असोज ०१ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८० असोज ०२ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८० असोज ०३ गते (बुधबार)
दिउँसो: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।