ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एशिया कप: उपाधिका लागि भारत र श्रीलंका भिड्दैं

काठमाडौं भदौं ३१ । एशियाकपको उपाधीका लागि आज आयोजक एवम् साविकविजेता श्रीलंका र भारत भिड्दै भिड्दैं छन् कोलम्बो को आए प्रेमादास स्टेडियममा फाइनल खेल हुदैं छ । हालसम्म भारतले ७ र श्रीलंकाले ५ पटक एशियाकपको उपाधि चूमिसकेका कारण पनि आजको फाइनल खेल अझ रोचक हुने अनुमान गरिएको छ ।

तर श्रीलंकाको मौसमका कारण अज नै फाइनल खेल हुनेमा भने आशंका छ । श्रीलंकामा आज बर्षाको पूर्व अनुमान गरिएको छ । आज बर्षाका कारण खेल स्थगित भए भोलीका लागि रिर्जब डे राखिएको छ ।

भारतले श्रीलंका र पाकिस्तानलाई हराउदैं फाइनल पुगेको थियो भने बंगलादेशसंग पराजित भएको थियो । उता श्रीलंकाले पाकिस्तान र बंगलादेशलाई हराउदैं फाइनलमा स्थान सुरक्षीत गरेको थियो ।

हालसम्म भारत र श्रीलंका एक दिवसिय खेलमा १ सय ६६ पटक आमन्ने सामन्ने हुदाँ भारतले ९७ र श्रीलंकाले ५७ पटक जीत हासिल गरेका छन् । त्यस्तै १ पटक खेल बराबरीमा रोकिदा ११ पटक भने रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *