ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शिक्षाको खाडल पुर्न नीजि र सामुदायिक विद्यालयका शिक्षक एक ठाँउमा

भक्तपुर भदौं २८ । नेपालमा नीजि र सस्थागत शिक्षाको खाडल बढ्दो छ । शिक्षाको गुणस्तरदेखि शूल्कसम्मको विषय जोडिदाँ पछिल्लो समय दुई खाडल पुर्ने विषयमा विभिन्न छलफलहरु भएपनि उचित निस्कर्ष भने निस्कन सकेको छैन ।

चर्को शूल्काविच अभिभावको निर्विकल्प रोजाई सस्थागत विद्याल बन्दैं गएको छ । कति पय अवस्थामा त शिक्षक स्वयलाई पनि सामुदायिक विद्यालयको शिक्षामा विश्वास नलाग्ने गरेको देखिएको आरोप स्वय शिक्षकहरुले खेप्दै आएका छन् । यस्तोमा सामुदायिक विद्याल र नीजि विद्यालयका शिक्षकहरु नै मिलेर सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकहरु नै छलफलमा जुटेका छन् ।

नेपाल राष्ट्रिय शिक्षाक संगठन, नेपाल शिक्षक संघ तथा सस्थागत विद्याल शिक्षक युनियनको आयोजना तथा एजुकेशन इन्टरनेशनल एशिया प्यासेफिक रिजन(EIAP) र फ्रेडरिक एबर्ट स्टिफंग नेपाल अफिसको सहकार्यमा सामुदायिक विद्यालय शिक्षा सुधारका लागि ४ दिने कार्यशालमा सुरु भएको छ ।

भक्तपुरको सुर्यविनायका सुरु भएको छलफलमा ३० जना भन्दा धेरै शिक्षकको सहभागित रहेको छ । उनीहरुले शिक्षा सुधारका लागि आफुहरुले गरिरहेको प्रयास र अनुभवको आदान प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *