ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एशियन कप: भारत सामु निरिह पाकिस्तान

काठमाडौं भदौं २६ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तान भारतसँग पराजित भएको छ ।

सोमबारको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो पराजय चखाएको हो ।

वर्षाका कारण आइतबार रोकिएर सोमबार पुन: सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरु क्रिजमा टिक्न सकेन्न।

कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाएको हो ।पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए ।

भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा अविजित २ सय ३३ रनको साझेदारी गरेका थिए ।कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए ।

राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।

शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *