ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघ गर्जन सहित भारी बर्षाको सम्भावना

काठमाडौं भदौं २५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा   आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेपनि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ।

महाशाखाले आगामी २४ घण्टमा कोशी, बागमती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

कस्तो छ आगामी तीन दिनको मौसम ?

२०८० भदौ २५ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८० भदौ २६ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

२०८० भदौ २७ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *