ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिग ( एनएसएल)दोस्रो सिजनको खेल तालिका सार्वजनिक

काठ्माण्डौ भदौ २४ । नेपाल सुपर लिग ( एनएसएल) ले दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा ९ टोलिको सह्भागिता रहने छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सार्वजनिक गरेको हो, खेल तालिका अनुसार प्रतियोगिता नोभेम्बर २४ (मङ्सिर ८) देखि जनवरी ६ (पौष २१) सम्म आयोजना हुनेछ भने उद्घाटन खेल मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् ।

यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिएपनि विराटनगर सिटी एफसी नखेल्ने भएपछि पहिलो संस्करणका छ सहित तीन नयाँ टोली गरी कुल ९ टिमले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी बिदेश पलायन भएकाले असोज १९ गते पुन: अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।

एनएसएल दोस्रो संस्करणकामा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवन, पोखरा थन्डर्स सहित तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *