रक्षामन्त्री पूर्ण बहादुर खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौं भदौं २४ । माननीय उप प्रधानमन्त्री तथा रक्षामन्त्री वीरेन्द्र अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। स्वास्थ्यमा गडबढी भएसँगै मन्त्री पूर्ण बहादुर खड्का यही भाद्र १३ गते बीरेन्द्र अस्पताल, छाउनीमा भर्ना हुनु भएको थियो ।
सोही दिन उक्त अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरत बहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीद्वारा माननीय श्री खड्काको Prostate (BPH) को शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका थिए ।
शल्यक्रिया पश्चात स्वास्थ्य लाभका लागि केही दिन अस्पतालमा अभजरवेसनको लागिराखेको र आज डिस्चाज गरीएको छ । अहिले स्वास्थ्यवस्था सामान्य रहेको चिकित्सकको भनाई छ ।