ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमजीको २ वटा विद्युतीय नयाँ गाडी सार्वजनिक,यस्ता छन् विशेषता

काठमाडौ,भदौ २४ l पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ ।एमजी ४ र एमजी कमेट इनि विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।सार्वजनिक भएकामध्ये कमेट इभी १७ दशमलव ३ किलोवाट क्षमताको ब्याट्री रहेको छ।

भारतमा बनेको कमेटले २ सय ३० रेञ्ज दिने जनाईएको छ।कोमेटमा ३१ दशमलव २६ किलोवाटको मोटर रहेको छ भने गाडीमा आईपी ६७ रेटेड ब्याट्रि, डुअल फ्रान्ट एयर ब्याग,पार्किङ सेन्सर रहेका छन।एमजी कमेट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ भने एमजी ४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ।

यो गाडीमा ९९ र १ सय ५० किलोवाट मोटरमा उपलब्ध छ।कम्पनीका अनुसार १सय ५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।एक पटकको चार्जमा यो गाडीले ४ सय ३५ किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ।

एमजी ४ इभी २०२३ को युके कार अफ द इयर हुनुकोसाथै युरोपमापनि सेफ्टीकोलागि ५ स्टार पाएको छ भने कम्फर्ट र लक्जरीगरी २ वटा भेरियन्टमा उपलब्ध छ।नेपाली सडकमा १८ सय एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन्।हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *