हिमालय एअरलाईन्सद्वारा काठमाडौं– छिन्ताओे–काठमाडौं उडान सुरु

काठमाडौं,भदौं २४ । हिमालय एअरलाईन्सले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । आजबाट सुरु भएको उक्त उडान साप्ताहिक रुपमा हुने छ।जस्का लागि आइतबारको समय निर्धारण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९:१५ मा प्रस्थान गरेको थियो र छिन्ताओको जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५: २२ बजे अवतरण गर्ने छ।यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ।पहिलो उडानमा कूल यात्रु संख्या एक सय चौध रहेको थियो।
एअरलाईन्सका अध्यक्ष एनयोङले उडानले व्यापार र बित्तिय सहयोग हुने दावी गरे उनले भने “काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एअरलाईन्सका लागि महत्वपूर्ण उपलब्धी हो। छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र बित्तिय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ।दुई देशबीचको कनेक्टिभिटी,सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं।”
त्यस्तै नेपालका लागि चीनीयाँ राजदुत राजदूत सोङले भने – “काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो।चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ।
यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ।यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा म विश्वस्त छु।”मन्त्री किराँतीले भन्नुभयो,“हिमालय एअरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु।यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो।
छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक शहर हो।दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ।यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु।”