ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के बादरमा बन्ध्याकरण सम्भव छ ?

काठमाडौं भदौं २४ । नेपालमा बादर नियन्त्रणका विषयमा पटक पटक बहस र छलफल हुदै आएको छ । बैशाखमा सांसद रामहरी खतिवडा र धनराज गुरुङले श्रीलंकामा बादर निकासी गर्न प्रस्ताव गरेका थिए भने यहि सातामात्र कांग्रेस सांसद एवम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले बादरको बन्ध्याकरण गर्नु पर्ने बताएकी थिइन् । उनको भनाई पछि बादरको बन्धाकरणको विषयलाई लिएर आरजुको सामाजिक सञ्जालमा ट्रोल समेत बनाइएको थियो ।

वि.स. २०८०को सुरुवाति दिनहरुमा श्रीलंकाले चीनलाई १ लाख बादर बेच्दै भन्ने समाचार व्यापक बन्यो । देश स्वतन्त्र भएपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरेको श्रीलंकाले आर्थिक संकटबाट बच्न लोपोन्मुख बाँदर निर्यात गर्ने योजना बनाएको जनाइएको थियो । करिव सवै प्रकारका  जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको श्रीलंकाले बादकार केही प्रजातीलाई संरक्षीत सूचीबाट समेत हटाएको थियो । लोपोन्मुख र छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने तर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले सङ्कटापन्न वन्यजन्तुको रूपमा वर्गीकृत गरेकोमा श्रीलंकाले यसैको निर्यातको तयारी गरेको जनाइएको थियो तर उक्त योजना अघि भने बढेन । सोही समयमा नेपालको संसदमा बादर निर्यातको विषय चर्चामा आयो । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बैशाख ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा बादरको विगविगी बढेको तथा आर्थिक संकट पनि भैरहेको भन्दैं बादर निर्यात वा वादर मार्ने अनुमति दिन माग गरेका थिए ।

बादरकै कारण नेपालका धेरै ग्रामिण क्षेत्र रित्तिन थालेका छन् । बादरकै त्रासले खेती लगाउन छोडेका छन् भने केही शहर पस्न बाध्य भएका छन् । त्यसो त प्रदेश र स्थानीय सरकारले समेत बादर नियन्त्रणका लागि बजेट नछुट्याएका भने हैन्न । गण्डकी प्रदेश सरकारले यहि आर्थिक बर्षमा बादर नियन्त्रणका लागि एक करोड ५२ लाख बजेट विनियोजन गरेको छ । केही गाँउपालिकाले बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने लगायतका विकल्पको समेत खोजी गरिरहेका थिए । संसदमा पनि कांग्रेस उपसभापति समेत रहेका सांसद धनराज गुरुङले श्रीलंका र अष्ट्रेलियाको प्रशंग जोड्दैं बादर निर्यातको प्रस्ताव राखेका थिए ।

कृषि समस्या समाधानका विषयमा चर्चा र टिप्पणी हुदैं आएपनि बादर नियन्त्रणको विषय कसरी उठ्न छोडेको थियो । तर केही दिन यता बादरको बन्धाकरणको विषय चर्चमा छ । समितिको आजको बैठकमा बोल्दै समितिकी सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरको बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने प्रस्ता राखेकी थिइन् । उनले हिमाञ्चल प्रदेशमा बादरको बन्धाकरण गरेर बादर नियन्त्रण गरेको भन्दैं नेपालमा समेत लागु गर्न सकिने बताएकी थिइन् । राणाको विषयमा पशु चिकित्सक डा.केदार सुवेदी सकारात्कम देखिएका छन् । उनले केही दिन अघि एक लेख लेख्दैं कति स्थानमा पासोमा पार्ने , विष हाल्ने, करेन्ट विछयाउने जस्ता पशु कल्याणका हिसाबले गलत गतिविधि समेत भएको पाइन्छ । यसरी मार्नुभन्दा त बन्ध्याकरण गरी संख्या नियन्त्रण गर्नु उचित हुने सुझाव दिएका छन् । ठुला प्राकृतिक केज बनाई राख्ने वा बन्ध्याकरण गर्न सकिने उनको सुझाव छ ।

सन् २००६ देखि २०१८ सम्ममा हिमाञ्चल प्रदेशमा मात्रै करिव १४ लाख पोथी बादरलाई बन्ध्याकरण गरिएको थियो भने थाइल्यान्डमा बादर लाई लठाएर दुबै भाले पोथी लाई बन्ध्याकरण गरिएको थियो । घर पालुवा पशु र कुकरमा जस्तै बादरमा पनि बन्धयाकरण गर्न सकिने उनको भनाई छ ।

यता नेपालमा बादरको बन्धारकणको विषय चर्चामा रहदाँ अर्जेन्टिनामा भने लामखुट्टेको समेत बन्याकरण सुरु भएको छ । पछिल्ला केही वर्षयता डेंगु भयानक बन्दैं गएपछि अर्जेन्टिनाले लामखुट्टेको बन्ध्याकरण गरेको हो । विकिरणको प्रयोग गरेर लामखुट्टेलाई नपुंसक बनाइन्छ, जसलाई Sterilizing Technique भनिन्छ । यसरी बन्धयाकरण गरेका भाले लामखुट्टेलाई केही समयमा नै वातावरणमा छोड्ने तयारी भृ रहेको जनाइएको छ । नपुंसक भालेहरु वातावरणमा ठूलो संख्यामा लगातार छाड्न सकिएमा नयाँ लामखुट्टे उत्पादन हुने क्रममा कमी आउने र समग्रमा लामखुट्टेकै संख्या घट्ने वैज्ञानिकहरुको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *