ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसियन पेन्ट मिस युनिभर्स नेपालको उपाधी जैन दिपिका ग्यारेटलाई

काठमाडौँ,भदौ २४। जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन्।उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी हुन।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका ग्यारेट विजयी भएकी हुन।त्यस्तै,फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा,तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको हो।

विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराउनु भएको हो।प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो।

एसियन पेेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार,उपल मजुमदार,उपासना घिमिरे,संगिता पहाडी,आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त,नन्दीनि एल थापा, सौरभ ज्योति रहनुभएको थियो।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो।विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन।

प्रतियोगितामा टप टेन,टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै
विजेता छनोट गरेको हो।जसमा विभिन्न विधागत हिसावमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *