ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित

काठमाडौं, भदौ २३ । नेपाल हाप्किडो संघको अध्यक्षमा पुनः काली बहादुर घर्ती मगर निर्वाचित भएका छन् ।

भक्तपुरमा भएको नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा घर्ती मगरलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, नयाँ कार्यसमितिमा बालनकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारामाया थापा उपाध्यक्षमा निर्वाचित भए ।

इन्द्रबहादुर महरा महासचिव, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव, विजयाकुमारी वाइबा कोषाध्यक्षमा चयन भए ।

सदस्यमा मोहम्मद मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेमकुमार लामा रहेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुदपरिषद्का खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्माले शपथ ग्रहण गराए ।

कार्यक्रममा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *