लिट्मस केबल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार इकोवायर–जेडएच सार्वजनिक

काठमाडौं भदौं २२ । लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच सार्वजनिक तथा बिक्री वितरणको घोषणा गरेको छ।
ह्यालोजनमुक्त इकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ।
आवासीय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुन्छ। नवीनतम प्रविधियुक्त इकोवायर–जेडएचले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनेछ।