ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागरिक उड्डयन प्राधिकरणको बजेट ३६ अर्ब ६६ करोड

काठमाडौ,भदौ २३ l नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष सुरु भएको डेढ महिनापछि ३६ अर्ब ६६ करोडको बजेट ल्याएको छ।उक्त बजेट विमानस्थल निर्माणभन्दा सुरक्षामा केन्द्रित रहेको छ।प्राधिकरण सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो। बजेटले पूर्वाधार निमार्णका पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ।

गौतमबुद्ध,सिमरा,जनकपुर तथा चन्द्रगढी विमानस्थलमा ब्यागेज हयान्डलिङ प्रणाली जडान गर्ने,नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा एयर ट्राफिक कन्ट्रोलर सिम्युलेटर राख्ने,सिमरा,भरतपुर,तुम्लिङटार तथा राजविराज विमानस्थलका लागि चारवटा दमकल खरिद गर्ने भएको छ।

त्यस्तै जनकपुर, भरतपुर र धनगढी विमानस्थलमा अग्नि नियन्त्रकका लागि फायरवाच कन्सोल राख्न बजेट विनियोजन गरिएको छ।विमानस्थल पूर्वाधारका लागि १९ अर्ब विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।

निजगढ विमानस्थलका लागि प्राधिकरणले ३५ करोड बजेट विनियोजन गरेको छ।३६ अर्ब ६६ करोडको बजेट निर्धारण गरेको प्राधिकरणले विमानस्थल सञ्चालनबाट मात्रै १५ अर्ब ८८ करोड आम्दानी गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *