ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चेल्सी रोड रेसको तयारी

काठमाडौं, भदौ २२ । चेल्सी वल्र्ड स्कुलको आयोजनामा तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ ।

रेसमा विभिन्न १९ विद्यालयका ३ सय ४२ प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको चेल्सीका अत्तिरिक्त कृयाकलाप प्रमुख राजन न्यौपानेले जनाएका छन् ।

रेसमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । शीर्ष ५ स्थानमा रहने खेलाडीलाई पुरस्कृत गरिने छ ।

समग्रमा टिम च्याम्पियनको पनि घोषणा गरिने छ ।दौड नेपाल मेडिकल चोकबाट सुरु भइ जोरपाटी, नारायणटार हुँदै अत्तरखेलस्थित चेल्सीकै प्राङ्गणमै आएर टुंगिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *