जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि

काठमाडौं, भदौ २२ । जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१–३८ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे ।जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ३०–२६ ले हरायो ।सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता ग¥यो ।
एनसीसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गल्र्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआईएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा. मेनाजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।