ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रत्येक बर्ष अन्तर प्रदेश खेलकुद हुने

काठ्माण्डौ भदौ २१। प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । हेटौंडामा  प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने भएका छन् ।बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्र्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् ।

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्दै छ । उक्त प्रतियोगितामा सहसभागि हुने प्रदेशहरुले टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । स्थानिय तहबाट नै खेलाडी छनौट गरि प्रदेश टिम बनाउने गरि छलफल भएको भण्डारीले जानकारी गराएका छन् ।  

राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेश सहित विभागीय र अन्य टिमको सहभागिता हुने गर्दछ भने अन्तर प्रदेश खेलकुदमा प्रदेश टिम मात्र सहभागि हुन पाउने छन । प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यस अघि नै निर्णय गरि सकेको छ भने आवश्यक बजेट समेत विनियोजन भई सकेको भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *