प्रतिनिधिसभाको आजको बैठकमा चार जना मन्त्रीले जवाफ दिदैं

काठमाडौं भदौं २१ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयग विषयमा उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आज कृषि तथा पशुपन्छी विकास मन्त्री,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थमन्त्री र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीले संसदमा जवाफ दिदै छन् ।
त्यस्तै प्रधानमन्त्रीले महिला आयोगको १५ औं प्रतिवेदन पनि सदनमा पेश गर्ने कार्यसूची रहेको छ ।