भारत र पाकिस्तानसंग उत्कृष्ठ प्रदशर्न गरेको नेपाली राष्ट्रिय टोलीलाई भब्य स्वागत

काठमाडौं भदौं २० । एशिया कप खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा भब्य स्वागत गरिएको छ ।
पहिलो पटक एशिया कप खेलेको नेपाल भारत र पाकिस्तानको समुहमा थियो । दुवै टोलीसंग पराजित भएपनि नेपालले उत्कृष्ठ प्रदर्शन गरेको हो ।
स्वदेश फर्किएको नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।