बीपीको जन्मजयन्तीमा कांग्रेसले साहित्य विशेष मनाउने

काठमाडौं भदौं १९ । नेपाली कांग्रेसका संस्थापक बीपीको जन्मजयन्तीमा कांग्रेसले साहित्य विशेष मनाउने भएको छ ।
यस अघि राजनीतिज्ञका रुपमा सम्झिराख्ने कांग्रेसमा योपल्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको खोजी गर्ने भएको हो ।
केन्द्रीय समितिको पछिल्लो बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको वार्षिक तालिका कार्यान्वयन गर्ने क्रममा ‘बीपी साहित्यिक महोत्सव’ गर्न लागेको छ ।
कांग्रेसले भदौ २४ देखि २६ सम्म साहित्यिक महोत्सव गरेर यो पर्व आयोजना गर्न लागेको हो ।


