रोहित शर्माको कप्तानीमा भारतको विश्वकप खेल्ने टोलीको घोषणा

काठमाडौं भदौं १९ । भारतले एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा रहने टिममा इन्जुरिका कारण लामो समय टिम बाहिर रहेका केएल राहुलको पुनरागमन भएको छ ।
कस्तो बन्यो भारतीय टिम ? विश्वकप खेल्ने भारतीय टिम: रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज ।