ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उच्च प्रदशर्नको आशा देखाउदैं नेपाल एशियाकपबाट बाहिरियो

काठमाडौं भदौं १९ । एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ ।

भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो भने  नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ ।

पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो ।  वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । उनले ९७ बलमा आठ चौका प्रहार गरे ।त्यस्तै सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन बनाउदा दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *