ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक खेल अगावै नेपाल सेमिफाइनलमा

काठमाडौं भदौं १८ । नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउदै लगातार चौथो जितका साथ सेमिफाइनल प्रवेश गरेको छ ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले ३२ रन, इन्दु बर्मा अविजित २० रन, ओपनर सीता रानामगर १७ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित २१ रनको योगदान दिइन् । एन्जिलेने मारे १४ रनमा अविजित रहिन्।इन्दु बर्माले ३ तथा पुजा महतो र कबिता जोशीको नाममा समान १/१ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले,तेस्रो खेलमा भुटानलाई पराजित गरेको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *