सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

काठमाडौ,भदौ ८ lआज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने घटेको छ।साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।